काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्नेलगायत प्रस्ताव पारितका लागि यही असार २५ गते साधारणसभा आह्वान गरेको हो ।
हेलिकप्टर सेवा सञ्चालन गरिरहेको यो कम्पनी पनि धितोपत्र बजारमा भित्रिने तयारी गरेको हो । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं- ३२ मा साँझ ५ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि गरेको छ । साथै सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यका आईपीओ निष्कासनका लागि स्वीकृति नदिएको अवस्थामा यस कम्पनीले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।