काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । असार ५ गते बोर्डले कम्पनीलाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले २०८० साल माघ २४ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन पेश गरेको थियो ।
कम्पनीले जारी पूँजीको सर्वसाधारणमा ४० प्रतिशत शेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँभन्दा बढी छ ।