logo
राष्ट्रिय बीमा कम्पनीले एक दशकपछि साधारण सभा गर्दै, २०८० मा आएर ७२/७३ को प्रतिवेदन पारित गर्ने
राष्ट्रिय बीमा कम्पनीले एक दशकपछि साधारण सभा गर्दै, २०८० मा आएर ७२/७३ को प्रतिवेदन पारित गर्ने
२४ बैशाख २०८०

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले धेरै वर्षपछि आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले जेठ ३१ गते काठमाडौैंमा बिहान ११ बजे वार्षिक साधारण सभा शुरू गर्ने निणर्य गरेको कम्पनीले जानकारी दिएको हो । साविक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१औँ वार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निणर्य गरिएको हो ।

सभाले साविक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ को गरी तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ । 

त्ययस्तै सभाले महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्नेछ । त्यस्तै सञ्चालकहरूको आर्थिक वर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधा अनुमोदन र सोलाई निरन्तरता दिने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीहरूबाट एक जना सञ्चालन चयनका लागि निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा  जेठ १४ गतेसम्म कायम शेयरधनीहरूमात्रै साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.