logo
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु सापकोटा
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु सापकोटा
११ चैत्र २०८१

चितवन। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णुप्रसाद सापकोटा चयन भएका छन् । शनिवार भरतपुरमा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी र ज्ञानहरि वाग्ले, सचिवमा संगीता कुँवर अधिकारी, उपसचिवमा सुजन ढकाल र कोषाध्यक्षमा नारायण न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यमा डा. पदम नेपाली, मिना कुँवर, परमात्मा रेग्मी, भक्त गुरुङ, डा. लक्ष्मण पौडेल, सरिता घिमिरे, तुलसी थापा र ऋषिराम पोख्रेल रहेका छन् ।

अधिवेशनमा महासंघका केन्द्रीय उपाध्यक्षहरू रामहरि ढकाल, जगत नेपाली, नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्यहरू जेएन थपलिया, कृष्णभक्त पोखरेल, एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतको सहभागिता थियो । निवर्तमान अध्यक्ष केशवराज सापकोटाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.