काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन् ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीवार बजेट प्रस्तुत गर्दै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले आज (मंगलवार) राष्ट्रपति भवन शीतलनिवास पुगेर ब्रिफिङ गरेका हुन् ।
सरकारले जेठ १५ मा रु १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आज आर्थिक सर्वेक्षणसमेत ल्याउने सरकारको तयारी छ ।