काठमाडौं । रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजनाले वैशाख मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
२०८२ वैशाख १९ गतेदेखि सञ्चालनमा रहेको यस योजनाले पहिलो महीनाको वित्तीय अवस्था सार्वजनिक गरेको हो ।
वैशाख महीनासम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य ८५ लाख २४ हजार रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्र दलाल कमिसनसमेत धितोपत्रमा यस अवधिसम्म गरेको लगानीको परल मूल्य भने ८५ करोड ९९ लाख रुपैयाँभन्दा बढी छ । यस आधारमा योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य परल मूल्यको तुलनामा कम छ ।
वैशाख मसान्तसम्म योजना ४३ लाख ७९ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । यस अवधिसम्म १ लाख ४३ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले ४५ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ ।
इकाई निष्कासन तथा सूचीकृत प्रक्रियाका लागि यो महीना योजनाले विभिन्न शीर्षकमा उल्लेखित रकम खर्च गरेको हो । १२ करोड इकाई जारी गरेको १० वर्षे अवधिको यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म ९ रुपैयाँ ९६ पैसा रहेको छ ।