काठमाडौँ । रिलायबल समृद्धि योजनाको इकाई बाँडफाँट भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाले १२ करोड इकाई वैशाख १९ गते बाँडफाँट गरेको हो । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई वैशाख ३ गतेदेखि ९ गतेसम्म निष्कासन गरेको थियो ।
उक्त अवधिमा मागभन्दा धेरै इकाई खरीदका लागि आवेदन परेकाले योजना व्यवस्थापकले २ करोड इकाई थप गरी कुल १२ करोड इकाई बाँडफाँट गरेको जानकारी दिएको छ ।
योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालनमा आउने योजना परिपक्व भएपछि इकाईधनीहरुलाई प्रतिफलसहितको रकम फिर्ता गर्नेछ । यदि योजना नाफामा रहेमा वार्षिक रुपमा प्रतिफलसमेत वितरण गर्न सक्नेछ ।