काठमाडौं । रिलायबल समृद्धि योजनाको इकाई वैशाख ३ गते आजदेखि सार्वजनिक निष्कासनमा आएको छ । रिलायबल इन्भेष्टेमन्ट एण्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने गरी यो योजनाको इकाई सार्वजनिक निष्कासनमा आएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो ।
रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यी इकाई खरीदका लागि वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने वैशाख १७ गतेसम्म निष्कासन लम्बिनेछ । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा भने सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन पनि आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।