काठमाडौं । नाफामा रहेका सार्वजनिक संस्थानको नाफा घटेको छ भने नोक्सानीमा रहेकाको नोक्सानी बढेको छ ।
बिहीवार (आज) संसद्मा पेश गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थितिअनुसार आर्थिक वर्ष ०८०/८१ मा नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ । यस्तै नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु. ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु. ३ अर्ब ६३ करोड रहेको छ ।
मुलुकका कुल ४५ सार्वजनिक संस्थानमध्ये २८ ओटा नाफामा छन् भने १५ ओटा घाटामा छन् । यस्तै, २ ओटा बन्द अवस्थामा छन् ।