logo
शेयरधनीलाई वार्षिक न्यूनतम १० % दीर्घकालीन प्रतिफल दिने एचआईडीसीएलको लक्ष्य
शेयरधनीलाई वार्षिक न्यूनतम १० % दीर्घकालीन प्रतिफल दिने एचआईडीसीएलको लक्ष्य

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले १२औं वार्षिकोत्सवका अवसरमा कम्पनीको रणनीतिक सोच र दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ ।

जलविद्युत एवं नवीकरणीय ऊर्जासँग सम्बन्धित आयोजनामा लगानी गर्ने मुलुकको सक्षम र अग्रणी संस्थाका रूपमा कमपनीलाई विकास गर्ने लक्ष्य रहेको छ । 

वित्तीय स्रोत परिचालन तथा जलविद्युत तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तारका माध्यमबाट राष्ट्रिय आय, विद्युत उत्पादन तथा आपूर्ति र रोजगारीमा अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्ने रणनीतिक सोच कम्पनीको  छ । 

कम्पनीले वित्तीय स्रोतको परिचालन तथा सन्तुलित लगानी व्यवस्थापनका माध्यमबाट लगानीकर्तालाई आकर्षिक प्रतिफल प्रदान गर्ने दीर्घकालीन सोच राखेको छ । 

संस्थागत सुदृढीकरण, क्षमता विकास, संस्थागत सुशासन प्रवर्द्धन र व्यवसाय विस्तारका माध्यमबाट कम्पनीलाई सक्षम र विश्वसनीय संस्थाका रूपमा विकास गर्ने कम्पनीको रणनीतिक सोच छ । 

कम्पनीको ४ वर्षे रणनीतिक योजनाबमोजिम आर्थिक वर्ष २०८७–८८ सम्म कम्पनीको पोर्टफोलियो देहायबमोजिमको हुने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ–

कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत सेयर पूँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना तयार गर्ने ।

करिब १० हजार मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा रु. १५० अर्ब बराबरको लगानीमा कम्पनीको संलग्नता रहने । 

कम्पनीको पूँजी कोषमा न्यूनतम तीनगुणा लचकता कायम गर्ने गरी शेयर पूँजीबापत रु. ४० अर्ब र अन्य वित्तीय उपकरणका माध्यमबाट रु. १२० अर्बसहित कुल रु. १६० अर्ब वित्तीय स्रोतको परिचालन गर्ने ।

परिचालन भएको वित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरूमा लगानी गर्ने ।

कम्पनीका शेयरधनीलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.