काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असार ८ गते वार्षिक साधारण सभा बोलाएको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट, बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालक नियुक्तिका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।