काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक तर्फको ४० हजार कित्ता शेयर जेठ १९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले जेठ २५ गतेसम्म आवेदन पेश गर्न सकिने गरी विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेको थियो ।
सो अवधिमा वितरण नभएपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा समेत यी शेयर विक्री गर्न लागिएको हो । प्रतिशेयर ११० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २६ गते विहान १० बजे विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा खोलिने जानकारी कम्पनीले दिएको छ ।