काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानीकोषको शेयर विक्रीमा ल्याएको छ । आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र नागरिक लगानीकोषको २ लाख ३९ हजार ३७ कित्ता शेयर कम्फनीले विक्री गर्न लागेको हो ।
यी शेयरको विक्री मूल्य नेपाल पुनर्बीमा कम्पनीको हकमा प्रतिकित्ता २८० रुपैयाँ र नागरिक लगानीकोषको हकमा प्रतिकित्ता ७८० रुपैयाँ तोकिएको छ । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी तथा कानूनबमोजिम योग्य सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
चैत २२ गते अपराह्न ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा नागरिक लगानीकोषको लागि न्यूनतम १५ हजार कित्ता र नेपाल पुनर्बीमा कम्पनीको लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता माग गर्नुपर्ने व्यवस्था छ ।