logo
समता घरेलु लघुवित्तले विक्रीमा ल्यायो १ हजार कित्ता संस्थापक शेयर
समता घरेलु लघुवित्तले विक्रीमा ल्यायो १ हजार कित्ता संस्थापक शेयर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यी शेयर खरीदका कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा कम्पनीका अनुसार यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिनेछ । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.