काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले कात्तिक ३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । असोज ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जडिबुटी ईन्द्रेणी ब्याङक्वेट, जडीबुटी चोक, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै सर्वसाधारणमा आईपीओ जारी गरिसकेको कम्पनीले सभामार्फत सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव सभामा पेस गरिनेछ । साधारण सभा प्रयोजनका लागि असोज २१ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज १८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।