काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि मंगलवार (आज) शेयर बजारमा उछाल देखिएको हो ।
मंगलवार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको हो । पहिलो सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार बन्द भएको छ । २० मिनेटपछि शेयर कारोबार पुनः खुल्नेछ ।
अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि लगानीकर्ता उत्साहित भएको जानकारहरूको अनुमान छ ।