काठमाडौं । बिहीवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । बुधवार प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बिहीवार प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो ।
यो दिन चाँदीको मूल्य समेत बढेको छ । बुधवार प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीवार प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ४१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६८० रुपैयाँ ५० पैसा कायम भएको समेत महासंघले जनाएको छ ।