logo
स्वरोजगार लघुवित्तले प्रस्ताव गर्‍यो कुल १४.६३ प्रतिशत लाभांश
स्वरोजगार लघुवित्तले प्रस्ताव गर्‍यो कुल १४.६३ प्रतिशत लाभांश
२२ फाल्गुण २०८१

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १४ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फागुन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

यस कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २१ गतेसम्म एफपीओ विक्री कार्य सम्पन्न गरेको छ । एफपीओ विक्री सम्पन्न गरेकै दिन लाभांश वितरणको निर्णय भएको हो ।

कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पहिलो वर्ष नै लाभांश पाउने भएका हुन् । यसअघि आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.