काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी छ । बुक क्लोजको मिति भने जेठ ५ गतेका लागि तय गरिएको हो । बुक क्लोजको आधारमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि वैशाख १९ गते अनुमति प्रदान गरेको थियो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।