काठमाडौं । राइड शेयरिङ प्लेटफर्म टुटलले बाइक र ट्याक्सी चालकहरूका लागि ‘शून्य कमिसन’मा आधारित योजना सार्वजनिक गरेको छ ।
सोमवारदेखि लागू हुने उक्त योजनाअन्तर्गत बाइक र ट्याक्सी चालकहरूले मासिक शुल्क तिरेर ‘शून्य कमिसन’मै असीमित सवारी सेवा दिन पाउनेछन् ।
योजनामा शुरुआतमा मासिक शुल्कमा अफर ल्याइएको छ । जसअन्तर्गत बाइक चालकका लागि ४९९ रुपैयाँ र क्याब चालकका लागि ९९९ रुपैयाँ मासिक शुल्क तोकिएको छ । अफर सकिएपछि उक्त शुल्क क्रमशः ९९९ रुपैयाँ र १ हजार ९९९ रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
मासिक शुल्क तिरेर सब्सक्रिप्सन लिएपछि बीमा र टीडीएसबाहेकका रकम तिर्न नपर्ने कम्पनीले जानकारी दिएको छ ।
बाइक तथा क्याब चालकको आम्दानी बढाउने र कमिसन हटाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीको भनाइ छ ।