logo
उपकार लघुवित्तले वितरण गर्‍यो यस वर्षको ६१.७५ प्रतिशत बोनस शेयर
उपकार लघुवित्तले वितरण गर्‍यो यस वर्षको ६१.७५ प्रतिशत बोनस शेयर

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त बोनस शेयर वितरणको प्रस्ताव कम्पनीले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणमार्फत पारित गरेको थियो । कम्पनीले चुक्ता पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि फागुन ४ गते एक दिन बुक क्लोज गरेकाले फागुन ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । धितोपत्र दोस्रो बजारमा कम्पनीले असार ३ गते बोनस शेयर सूचीकृत गराएको थियो ।

असार ४ गतेदेखि नै कारोबारयोग्य भएको उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.