काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ सम्मको मुनाफाबाट १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २८ गते ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण एउटै सभामार्फत पारित गर्न लागेको हो ।
सभा प्रयोजनका लागि फागुन ९ गते एक दिन बुक क्लोज गर्न लागेकाले फागुन ८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अन्य शेयरधनीहरूलाई १४ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश नेपाल सरकारलाई समेत वितरण गरिसकेको जानकारी दिएको छ ।