logo
६ कम्पनीले एकै दिन विक्रीमा ल्याए संस्थापक शेयर ४ कम्पनीको शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने
६ कम्पनीले एकै दिन विक्रीमा ल्याए संस्थापक शेयर
१७ बैशाख २०८२

काठमाडौँ । बुधवार विभिन्न ६ कम्पनीहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । कामना सेवा विकास बैंकले ४० हजार कित्ता, सिद्धार्थ बैंकले ३ लाख ९१ हजार कित्ता, सूर्योदय वोमी लघुवित्तले ३६ हजार ३४२ कित्ता, एनएमबी बैंकले ८६ हजार ७११ कित्ता, नेरुडे मिर्मिरे लघुवित्तले ३ लाख ५६ हजार ७०८ कित्ता र कालिका लघुवित्तले १० हजार ६४० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यीमध्ये एनएमबि बैंक, नेरुडे मिर्मिरे लघुवित्त, कामना सेवा विकास बैंक र कालिका लघुवित्तको शेयर भने विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउनेछन् । यी कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री खुला गर्दा विक्री हुन सकेको थिएन ।

सिद्धार्थ बैंक र सूर्योदय वोमी लघुवित्तको शेयर भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको सिद्धार्थ बैंक र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । यीबाहेक कामना सेवा विकास बैंकको शेयर खरीदका लागि वैशाख २३ गतेभित्र, नेरुडे मिर्मिरे लघुवित्तको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र, एनएमबी बैंक र कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरूमा जारी भएको शेयर विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूलाई जारी गरिनेछ । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.