काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल २ लाख ३ हजार ८२४ कित्ता शेयरको 'लक-इन' आगामी साउन १० गतेपछि सकिने भएको छ ।
कम्पनीले असार ४ गते सूचना जारी गर्दै संस्थापक तर्फको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीतर्फको १ हजार ४८२ कित्ता शेयरको 'लक-इन' अवधि सकिने समयबारे जानकारी दिएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साविक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०८० असार १ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।
साविक आदर्श लघुवित्त वित्तीय संस्थाको नाममा रहेको उक्त शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म 'लक-इन'मा रहेको हो ।
डिप्रोक्स लघुवित्तको नामबाट कारोबार हुने यी शेयर 'लक-इन' अवधि सकिएपछि कारोबार गर्न मिल्नेछ । यी शेयरमध्ये कम्पनीको संस्थापक तर्फको शेयर प्रचलित कानून बमोजिम कारोबार हुनेछ भने उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले कारोबार गर्न पाउने छैनन् ।