काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको १२ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्दिय कार्यालय तिनकुने, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिकित्ता ६२ रुपैयाँ ५० पैसा मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।