काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडद्वारा प्रर्वद्धन तथा संचालित बागमति साना जलविद्युत आयोजनाको क्षमता १० मेगावाट थप गरिएको छ । यस अघि २२ मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ३२ मेगावाट बनाइएको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै ३२ मेगावाट क्षमताको विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरीद–विक्री सम्झौता सम्पन्न भएको जानकारी दिएको हो ।
साथै गत २०८१ आश्विन ११ र १२ गतेको भिषण वर्षाको कारणले आएको बाढी तथा पहिरोले क्षति पुयाएको यस बागमति साना जलविद्युत आयोजना २२ मे.वा को पुन निर्माणकार्य निकट भविष्यमा सम्पन्न गरि संचालनमा ल्याइने समेत कम्पनीले बताएको छ ।