काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार प्रतितोला ५ हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
बिहीवार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।