काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतवार प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ । सोमवार चाँदीको मूल्य भने स्थिर भएको छ ।
आइतवार कायम प्रतितोला २ हजार ५ रुपैयाँ नै सोमवार पनि कायम भएको हो । यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ८४० रुपैयाँ तोकिएको छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ७१९ रुपैयाँ तोकिएको छ ।