काठमाडौं । आज (शुक्रवार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो । यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि मूल्य घटेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २३६ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१९ रुपैयाँ कायम भएको महासंघको भनाई छ ।