काठमाडौं । नेपाल बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमवार प्रतितोला ७०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य मंगलवार प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार सोमवार प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार प्रतितोला १ लाख ९० हजार ९०० सय रुपैयाँमा कारोबार भएको हो ।
मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ६६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ । सोमवार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको थियो । मंगलवार प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ७ सय १० रुपैयाँ ५० पैसा तोकिएको महासंघले जानकारी दिएको छ ।