काठमाडौँ । बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलवार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १०० रुपैयाँ बढेर प्रतितोला १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको हो । मंगलवार प्रतितोला ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो भने चाँदीको मूल्य स्थिर रहेको थियो ।
बुधवार भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बुधवार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । महासंघका अनुसार बुधवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६१ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रति १० ग्राम १ हजार ६७६ रुपैयाँ तोकिएको छ ।