काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म ३९ लाख २१ हजार खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष २३ दशमलव ५७ प्रतिशत थोरै खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको खराब कर्जा असुली कम भएकाले खुद नाफामा असर परेको हो । गत वर्ष ३ करोड ११ लाख रुपैयाँभन्दा बढी खराब कर्जा असुली गरेको कम्पनीले यस वर्ष १ करोड ६९ लाख रुपैयाँ हाराहारी खराब कर्जा असुली गरेको हो ।
सम्भावित जोखिम शिर्षकमा भने कम्पनीले थोरै रकम व्यवस्था गरेको छ । गत वर्ष ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी सम्भावित जोखिम शिर्षकमा रकम व्यवस्था गरेको कम्पनीले यस वर्ष २ करोड २ लाख रुपैयाँभन्दा बढी रकममात्र व्यवस्था गरेको हो ।
हाल यस कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ । जगेडा कोष रकम भने करिब १५ प्रतिशत बढेर ३ करोड ४० लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २८ करोड ३० लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने १५ करोड १ लाख रुपयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कर्जा सापटी भने ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ ।
गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ४९ प्रतिशतमा झरेको छ । वार्षिक १७ रुपैयाँ १६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २४९ रुपैयाँ १८ पैसा छ ।