काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिभन्दा करिब ४६ प्रतिशत थोरै खुुद नाफा गरेको छ । गत वर्ष १८ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ७ करोड ६ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी करिब ३८ प्रतिशत घटेको छ । २५ करोड ३० लाख रुपैयाँभन्दा बढी गत वर्ष खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष १५ करोड ७० लाख रुपैयाँभन्दा बढी मात्र खुद ब्याज आम्दानी गरेको हो ।
इम्पेरमेन्ट चार्ज भने यो वर्ष ६७ प्रतिशतभन्दा बढीले घटेको छ । गत वर्ष ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष १ करोड १२ लाख रुपैयाँभन्दा केही बढी मात्र रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ५ करोड १९ लाख रुपैयाँभन्दा बढी रहेको छ । १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने ३० करोड ५९ लाख रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले विभिन्न सहकारी तथा संघसंस्थामा ५ अर्ब ८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । आफ्ना सदस्यहरुमा भने कम्पनीले २ करोड ४७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव १२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ७८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२६ रुपैयाँ ७२ पैसा छ ।