काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो समय दुई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको छ ।
बोर्डले सिटिजन्स क्यापिटल लिमिटेडलाई सिटिजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम सञ्चालनका लागि अनुमति दिएको हो ।
सिटिजन्स क्यापिटल लिमिटेडलाई ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई जारी गर्न असार २ गते र एनआईसी एशिया क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्न असार ३ गते बोर्डले अनुमति दिएको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका इकाई जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो । यी दुवै योजना खुलामुखी प्रकृतिका रहनेछन् । बोर्डको स्वीकृति प्राप्त भएसँगै यी दुई योजनाको इकाई सार्वजनिक निष्कासनका आउनेछन् ।