जेठ २५, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आज (बुधवार) देखि उक्त शेयर विक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक शेयरधनी तारा भण्डारीको नाममा उक्त शेयर विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।