काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड ३ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीले गत वर्षको त्ुलनामा यस वर्ष खुद नोक्सानी घटाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ५ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी कम भएपछि वित्तीय खर्च घट्दा नोक्सानी घट्न सहयोग मिलेको हो ।
गत वर्ष २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब ३४ करोड ४७ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च भने गत वर्ष १८ करोड ८२ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १४ करोड ६१ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँ छ भने रिटर्न अर्निग १८ करोड ३४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ८ करोड ३४ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक ४ रुपैयाँ ९२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ८२ रुपैयाँ ६० पैसा छ ।