काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले यस वर्ष खुद नोक्सानी घटाएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी ३ करोड ६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ४ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी १ करोड ८२ लाख रुपैयाँभन्दा बढीले घटेको हो । विद्युत विक्री आम्दानी यस वर्ष बढेकाले कम्पनीको खुद नोक्सानी घटेको देखिन्छ । गत वर्ष ९ करोड ४३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ९ करोड ५८ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष ८ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष ६ करोड ६४ लाख रुपैयाँभन्दा बढी भएको हो । ३४ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने ४ करोड ७२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीले लिएको कर्जा सापटी रकम ८६ करोड ४६ लाख रुपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म ९ रुपैयाँ २ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा छ ।