logo
दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप
दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप
१२ बैशाख २०८२

काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप गरेको छ । यस अघि कम्पनीले चैत १९ गतेदेखिवैशाख ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेकोमा केहि शेयरधनीहरुले खरीद गर्न छुट भएकाले अवधि थप गर्ने निर्णय गरेको हो । वैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १२ गतेदेखि वैशाख १४ गते कार्यालय समयसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो । 
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ । कम्पनीको १ कित्ता शेयर हुने शेयरधनीहरुले एक कित्ता हकप्रद शेयर खरीद गर्न पाउने भएका हुन । 

हकप्रद शेयर निष्कासन प्रयोजननका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो दिन महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र यो हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरुले सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थासँगै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.