काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दूई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले प्रभु इन्स्योरेन्सको ४ दशमलव ७५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७३७ दशमलव ४७ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७२ दशमलव ५०मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० दशमलव २६ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ४५७ दशमलव ७४ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०४ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।