logo
दुुई कम्पनीको ५९ लाख १८ हजार कित्ता बोनस शेयर सूचीकृत
दुुई कम्पनीको ५९ लाख १८ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको कुल ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर बुधवार सूचीकृत भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ५ हजार कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ५१ लाख १३ हजार २० कित्ता गरी कुल ५९ लाख १८ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

छिमेक लघुवित्तले गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरले चैत २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.