काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले होटल संघ नेपाललाई सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ सह–आयोजकका रूपमा संघलाई सम्मान गरिएको हो । संघलाई श्रममन्त्री शरतसिंह भण्डारीले कदरपत्रसहित सम्मानित गरे ।
स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न तालिम सञ्चालन गरी रोजगार मेलालाई टेवा पुर्याएकाले संघलाई सम्मान गरिएको संघका अध्यक्ष विनायक शाहले बताए ।