logo
कालिका पावर कम्पनीको लाभांश घोषणा, पारितका लागि साधारण सभाको मिति तय
कालिका पावर कम्पनीको लाभांश घोषणा, पारितका लागि साधारण सभाको मिति तय

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सत्रौं वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा चितवनको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.