logo
कामना सेवा विकास बैंकको २७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
कामना सेवा विकास बैंकको २७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
२८ बैशाख २०८२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २७ हजार २३३ कित्ता संस्थापक शेयर वैशाख २८ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा यी शेयर जेठ २ गतेसम्म आवेदन पेश गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले न्यूनतम २० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ३ गते बिहान विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.