logo
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा सभा स्थगित
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा सभा स्थगित
१७ बैशाख २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । 

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा  सभामा पुगेका उनलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरेसँगै एकता घोषणा सभा स्थगित भएको छ । 

सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ ।  

संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रूपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.