logo
कुमारी सामूहिक लगानी कोषको तीनओटै फण्ड नोक्सानीमा
कुमारी सामूहिक लगानी कोषको तीनओटै फण्ड नोक्सानीमा
१० मंसिर २०८०

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनओटा फण्डले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले कात्तिकको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार कात्तिकमा यी तीनओटै फण्ड नोक्सानीमा छन् । 

कुमारी इक्वीटी फण्ड कात्तिक मसान्तमा रू. ६ करोड १४ लाख नोक्सानीमा छ । असोजमा पनि फण्ड रू. ६ करोड ६ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी सुनौलो लगानी योजना कात्तिक मसान्तमा रू. २ करोड १३ लाख, कुमारी धनवृद्धि योजना रू. ७ करोड २४ लाख नोक्सानीमा रहेका हुन् ।  यी फण्डहरू असोजमा पनि नोक्सानीमा थिए । 

कुमारी सुनौलो लगानी योजना न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ७ पैसा छ । यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ८ पैसा थियो । यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २५ करोड ४१ लाख लगानी गरेको थियो । यो लगानी असोज मसान्तमा रू. २४ करोड १ लाख थियो । 

कुमारी धनवृद्धि योजनाले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ४ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७६ करोड ८४ लाख थियो ।  यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । यस फण्डको न्याभ भने असोजको तुलनामा कात्तिकमा घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ९३ पैसामा झरेको छ । 

कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ६८ करोड ५९ लाख लगानी गरेको छ ।  यो लगानी असोज मसान्तमा रू.६५ करोड ६४ लाख थियो । 

कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ् 

कुमारी सुनौलो लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ् 

कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.