काठमाडौं । किसान लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा चैत २८ गते गर्ने भएको छ ।
चैत ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले र्याकेट इभेण्टस सुन्दरबस्ती बूढानीलकण्ठ-८, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले सर्वसाधारण र संस्थापक शेयरधनीहरूको शेयर स्वामित्व अनुपात संशोधन गर्ने, एफपीओ निष्कासन तथा यस लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने सम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।