काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विक्री गरेको २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो । सो अवधिमा विक्री नभएको संस्थापक तर्फको ४३ हजार ७७९ दशमलव ५२ कित्ता र सर्वसाधारण तर्फको १ लाख ८१ हजार ४८१ दशमलव ८३ कित्ता शेयर लिलामीमा विक्री गरेको हो ।
वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामीमा विक्री खुला गरेको यी शेयर वैशाख २६ गते बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको शेयर वापत्को रकम जेठ ४ गतेदेखि आवेदकको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । यी शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ ८७ पैसा रहेको जानकारी पनि कम्पनीले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।