काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धादिङ्गमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । शेयर संरचना परिवर्तनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।