काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।
अब कम्पनीका सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरू एनआइएमबि एस क्यापिटलबाट हुनेछन् ।
कम्पनीले असोज ४ गते शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको जानकारी गराएको छ ।