logo
मंगलवार शुरू भयो पियोर इनर्जीको शेयर कारोबार पहिलो कारोबार मूल्य कति ?
मंगलवार शुरू भयो पियोर इनर्जीको शेयर कारोबार

काठमाडौं । पियोर इनर्जी लिमिटेडको शेयर कारोबार जेठ १३ गतेदेखि शुरू भएको छ । गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरी वैशाख ११ गते बाँडफाँट गरेको कम्पनी जेठ १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । जेठ १३ गतेदेखि कारोबारयोग्य भएको कम्पनीको शेयर प्रतिकित्ता २८९ रुपैयाँ ३० पैसामा पहिलो पटक कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम २८९ रुपैयाँ ३५ पैसाको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्यमै कम्पनीको पहिलो शेयर कारोबार भएको हो ।

कम्पनीको दोस्रो बजारमा सर्वसाधारणतर्फको १६ लाख कित्ता र संस्थापकतर्फको ६४ लाख कित्ता शेयरसमेत कुल ८० लाख कित्ता शेयर सूचीकृत छ । पीयूआरई स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । संस्थापक र सर्वसाधारणतर्फको  आयोजना प्रभावित स्थानीय, कर्मचारी र सामूहिक लगानी कोषबाहेकका शेयर कारोबारयोग्य भएका हुन् । कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये आयोजना प्रभावित स्थानीयतर्फ १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता रहेको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महीनासम्म र संस्थापक, स्थानीयसँगै कर्मचारीको स्वामित्वमा रहेको शेयर तीन वर्षसम्म ’लक–इन’मा रहनेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.